
२३ असार, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । दुई नेताबीच एमाले एकता बचाउन सहमतिका लागि वार्ता भइरहेको हो ।
ओली र नेपालले वार्तामा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई मात्र राखेको बुझिएको छ । नेता पाण्डेले नै वार्ताको पहल गरेको बताईएको छ । दुई नेताबीच लामो समययता भेटवार्ता हुन सकेको थिएन । दोस्रो तहका नेताहरुले वार्ताको पहल गर्दै आएका थिए ।
ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बिघटित प्रतिनिधि सभाका २३ सांसदले गरेको हस्ताक्षर फिर्ताको शर्त राख्नुभएको छ । तर, नेपालले ओली नसच्चिएको भन्दै फिर्ता लिन अस्विकार गर्नुभएको छ ।
दुई नेताबीच अहिले सहमतिको बिन्दु खोज्ने प्रयास चलिरहेको छ ।




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७