काठमाडौँ उपत्यकामा जोर–बिजोर प्रणाली हट्यो, निषेधाज्ञा भने जारी

काठमाडौँ उपत्यकामा जोर–बिजोर प्रणाली हट्यो, निषेधाज्ञा भने जारी


२० असार, काठमाण्डौँ । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बैठकले यही असार २२ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर बिजोर प्रणाली हटाइएको हो । काठमाडौँ उपत्यका बाहिरबाट आउने सवारी सधानले भने प्रवेशका लागि अनिवार्य पास लिनु पर्ने छ । त्यसैगरी यसअघि २५ सिट भन्दा माथिका सवारी साधन मात्रै चल्न दिने भएकोमा अब सबै सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

सार्वजनिक यातायातमा कुल सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने भएका छन् । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने आदेशमा उल्लेख गरेको छ ।

सफा टेम्पो तथा निलो माइक्रोले ९ जना यात्रु भन्दा बढी चढाउन नपाउने भएका छन् । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्ने पाइने भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर