एमाले एकताका लागि निर्णयक छलफलमा दोस्रो तहका नेताहरु

एमाले एकताका लागि निर्णयक छलफलमा दोस्रो तहका नेताहरु


१९ असार, काठमाण्डौँ । नेकपा एमालेको एकताका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णयक छलफलमा जुटेका छन् । सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपाल असहमत हुनुहुन्छ ।

वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी महासचिव घनश्याम भुसाल नेपालनिवास कोटेश्वर प्ग्नुभएको छ । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने बताइएको छ ।

सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी हुनुहुन्छ भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर