चुलाचुली गाउँपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो

चुलाचुली गाउँपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो


३१ जेष्ठ, इलाम । इलामको चुलाचुली गाउँपालिकामा दोस्रो लहरको कोरोना भाईरस संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । केही संक्रमितको विभिन्न अस्पतालमा उपचारको क्रममा र केहीको होम आईसुलेसनमा नै मृत्यु भएको जनाईएको छ ।

यस्तै चुलाचुलीमा आजसम्म १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये ९० जना निको भईसकेको चुलाचुली स्वास्थ्य शाखाका दुस्यान्त दाहालले जानकारी दिनुभयो ।

स्वास्थ्य प्रमुख दाहालका अनुसार अहिले चुलाचुली अस्थाई कोभिड अस्पतालमा नौ जनाको उपचार भईरहेको छ । अन्य आठ जनालाई भने जिल्ला बाहिरका अस्पतालमा रेफरीएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर