प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् विस्तारः को को बने मन्त्री ?

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् विस्तारः को को बने मन्त्री ?


२७ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै सम्हाल्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले आज मौजुदा मन्त्रिपरिषदमा जनता समाजबादी पार्टीको नेतासहित थप आठ जनालाई सहभागी गराई मन्त्रिपरिषदको विस्तार गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुको आज साँझ ४ बजे राष्ट्रपति भवन शितल निवासमा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

विस्तारित मन्त्रीपरिषद्मा गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ ।

त्यसैगरी, आशाकुमारी वि.क.लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर