प्रधानन्यायाधीश अस्वस्थ्य, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

प्रधानन्यायाधीश अस्वस्थ्य, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित


२४ जेष्ठ, काठमाण्डौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने भएको छ । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उहाँको अनुपस्थितिमा इजलास सञ्चालन हुदैन ।

सर्वाेच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रधानन्यायाधीश राणा बिसन्चोका कारण आज अदालतमा आउनुभएको छैन । त्यसैले संवैधानिक इजलासमा सुनुवाइ स्थगन भएको छ ।

प्रधानन्यायीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास हिजो (आइतबार) गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।

इजलास गठनकै विवादमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । उक्त विवादमा ३० वटै रिट निवेदन परेका छन् ।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेष्ठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर