जसपा ठाकुर पक्षबाट मन्त्री बनेका १० जनाको सपथ ग्रहण ६ वजे

जसपा ठाकुर पक्षबाट मन्त्री बनेका १० जनाको सपथ ग्रहण ६ वजे


२२ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन् । जसपाका एक नेताका अनुसार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको छ साथै आज ६ बजे सपथग्रहण हुने ती नेताले बताए ।

मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् । उनीहरुले कुन–कुन मन्त्रालय पाए भन्ने जानकारी शपथग्रहणको समयमा मात्र बताईने स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीसंगको सहमती अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मियाँ युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर