कोरोना संक्रमणबाट विवेकशील साझा पार्टीका संस्थापक नेता थापाको निधन

कोरोना संक्रमणबाट विवेकशील साझा पार्टीका संस्थापक नेता थापाको निधन


१८ जेष्ठ, काठमाण्डौँ । कोरोना संक्रमणबाट थलिएका विवेकशील साझा पार्टी पुर्व नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोभिड–१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।

प्रतिक्रिया:

सम्बन्धित खवर