१६ जेष्ठ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा शुक्रबार यो मुद्दमा पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुन लागेको हो ।
शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ ।
शुक्रबारको सुनवाइमा ९ जना रिट निवेदकले बहस गरेका थिए । आज १०औं नम्बरका रिट निवेदकहरु अर्थात सांसदहरूको पालो आउनेछ ।
संसद् विघटनविरुद्ध ३० वटा रिट परेका छन् । जसमा २६ रिट संसद् पुनःस्थापन गरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरिएको छ, भने चार वटा रिटमा संसद् पुनःस्थापना गरि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ ।