१४ जेष्ठ, काठमाण्डौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवाशीको नाममा सम्बोधन गर्नुहुने भएको छ । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ ।
संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेष्ठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, गत ७ जेष्ठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ । अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् ।