एमाले सुदूरपश्चिम संसदीय दलको बैठकको निर्णय सह्य नहुने इन्चार्ज भट्टको भनाई

एमाले सुदूरपश्चिम संसदीय दलको बैठकको निर्णय सह्य नहुने इन्चार्ज भट्टको भनाई


१२ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने प्रदेशसभा संसदीय दलको बैठकको निर्णय सह्य नहुने बताउनुभएको छ । पार्टीको निर्देशन विपरित सुदूरपश्चिम प्रदेशमा निर्णय भएको भन्दै उहाँले अब के गर्ने भनेर पनि विधानमै खोजिने बताउनुभएको हो ।

आज बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । जबकि अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको १० जेठमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो ।

स्थायी कमिटीले निर्णयका विषयमा छलफल गर्न आज एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकले केन्द्रको निर्णय लत्याउँदै तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको हो ।

तर, यो गलत भएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टले निर्णय गर्नेहरु उपर पार्टी विधान र पार्टीको संसदीय दलको विधान अनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्न सक्ने बताउनुभयो ।-file photo.

प्रतिक्रिया:

सम्बन्धित खवर