७ जेष्ठ, काठमाण्डौँ । संविधानको धारा ७६(५) अनुसार बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास पुगेका हुन् ।
विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको बताईएइको छ ।
काँग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको हस्ताक्षर रहेको छ ।