प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने


६ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माणको मार्ग खोल्ने बताउनुभएको हो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्नुभएको उहाँले उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ३० वैशाखमा प्रधानमन्त्री नियुक्त भएका ओलीले संविधान अनुसार ३० दिनभित्र अर्थात २८ जेठभित्र विश्वासको मत लिनुपर्छ । त्यसो नभए संविधानको धारा ७६ को उपधारा ५ मा जानुपर्ने हुन्छ ।

धारा ७६ (५) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिए राष्ट्रपतिले नियुक्त गर्न सक्ने प्रावधान छ । यो धारा अनुसार ओलीको प्रधानमन्त्री बन्ने सम्भावना कमजोर छ । उहाँलाई एमालेभित्रैबाट साथ मिलिरहेको छैन । अर्काेतर्फ, जसपाको सांसदको आधा संख्या ओलीविरोधी गठबन्धनमा छ ।

धारा ७६ (५) अनुसार ओलीविरोधी गठबन्धन सरकार बनाउन पनि सजिलो छैन । यसका लागि काँग्रेस, माओवादी केन्द्र र जसपा एक भएर जानुपर्छ । तर, ओलीले जसपाको एउटा पक्षलाई साथमा लिएका छन् । उनीहरुलाई विरोधी गठबन्धनमा जान नदिन सक्रिय भूमिका निभाइरहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर