२४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आइतबारका लागि बैठक बोलाउनुभएको हो ।
तर सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा नजाने उहाँको सचिवालयले जनाएको छ । ‘यो प्रक्रिया र अध्यादेशविरुद्ध उहाँ अदालत जानुभएको हो । मुद्दा विचाराधीन अवस्थामा भएकाले बैठकमा जानुहुन्न’, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले भन्नुभयो ।
तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।
परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ ।