प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवावीच भेटवार्ता

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवावीच भेटवार्ता


२२ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली स्वयम सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास पुग्नुभएको थियो ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले एमालेले तय गरेको उम्मेदवार वर्तमान गृहमन्त्री रामबहादुर थापाविरुद्ध गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएका ओली देउवालाई भेट्न बुढानीलकण्ठ जानुभएको हो ।

ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै हुनुहन्छ ।

ओलीलाई विश्वासको मत नदिने निर्णय कांग्रेसले गरेको भोलिपल्ट प्रधानमन्त्री प्रमुख विपक्षी दलका नेतालाई भेट्न जानुभएको हो ।

आज विहान मात्रै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाका नेताहरुको बैठक बसी बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा थापाका विरुद्धमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णइसमेत गरिसकेका छन् ।

निर्वाचन आयोगले वाग्मतीमा जेष्ठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्दैछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर