२२ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएसंगै माधव नेपालले आफु निकट संसदद्धारा एक शन्देश पठाउनुभएको छ । माधव नेपालनिकट सांसद सोमप्रसाद पाण्डेकाअनुसार नेपाल पक्षले आजमात्रै प्रधानमन्त्रीलाई एउटा प्रस्ताव पठाउनुभएको हो ।
उनकाअनुसार यदि अध्यक्ष ओली २०७५ जेष्ठ २ गते फर्किए भने उहाँलाई विश्वासको मत दिन सकिने प्रस्तावमा उल्लेख गरिएको छ । उहाँले भन्नुभयो,‘हामीले त पार्टी एकता बचाउनका लागि नै प्रयत्न गरिराखेको हो नि । यदि अध्यक्ष २०७५ जेठ २ गते फर्किनु भयो भने हामी उहाँलाई विश्वासको मत दिन्छौं ।’
यसपटक कर्णालीमा जस्तो फ्लोर क्रस नगर्ने नेपाल पक्षको योजना छ । ओलीले पार्टी एकता चाहेको भने अब २०७५ जेष्ठ २ गतेमा फर्किनुपर्ने माधव नेपालको अडान छ ।
नेता नेपालले आफूनिकट सांसदहरुसँग अब कुरा क्लियर कट हुनुपर्ने बताउदैँ आउनुभएको छ । ‘ओलीले मिलेर जाऔं भन्न चाहेको हो भने पार्टीलाई २०७५ जेष्ठ २ मा फर्काउनुपर्छ, त्यसको विकल्प नै छैन । होईन, उहाँ फर्किन मान्नुभएन भने हामी विश्वासको मत लिनुभन्दा अघि नै सामूहिक राजीनामा दिन तयार हुनुपर्छ ।’–उहाँले भन्नुभएको छ ।