
२२ वैशाख, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान संसद सचिवालयमा पत्र दिँदै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाउनुभएको छ । यसअघि हिजो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो । २८ फागुनमा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएका थिए । त्यसयता माओवादी केन्द्र राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रुपमा डेढ महिनासम्म सरकारलाई नै साथ दिइरहेको थियो ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने लिदैँ हुनुहुन्छ । माओवादीको समर्थन फिर्तासँगै सरकार अल्पमतमा परेको छ ।
प्रतिनिधिसभामा माओवादीका ४८ जना सांसद छन् ।
-सेतोपाटी




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७