ओली सरकारलाई माओवादीको समर्थन नहेको पत्र संसद सचिवालयलाई बुझाईदैँ

ओली सरकारलाई माओवादीको समर्थन नहेको पत्र संसद सचिवालयलाई बुझाईदैँ


२२ वैशाख, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको हो ।

हिजो बसेको स्थायी कमिटी बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र आज बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताउनुभयो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउने पत्र बुझाउन लागेको माओवादीका उहाँको भनाई छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोली पत्र बुझाउन संसद सचिवालय जाने भएपनि समय यकिन भइनसकेको पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर