प्रधानमन्त्री ओलीद्धारा पुनर्निर्मित २२ तले धरहराको उद्घाटन (फोटो हेर्नुहोस्)

प्रधानमन्त्री ओलीद्धारा पुनर्निर्मित २२ तले धरहराको उद्घाटन (फोटो हेर्नुहोस्)


११ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्मित धरहराको उद्घाटन गर्नुभएको छ । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि उद्घाटन गर्नुभएको हो । धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने अझै सकिएको छैन ।

उद्घाटनपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औँ तलामा पुगेर पुष्पवृष्टि गर्नुभयो । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फाल्गुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गर्नुभएको थियो । २०७५ साल पैष ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलान्यास गरिएको पुनर्निर्मित धरहराको प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो । धरहराको २२ आँैै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिङ्ग राखिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले धरहरा निर्माण एउटा रुपान्तरण पनि भएको बताउनुभयो । यसअघि धरहरा ऐतिहासिक पहिचानका रुपमा चिनिएकामा अब भने पहिचान सहितको स्पेसबाट प्लेस बनाएकोले सामाजिक रुपान्तरण पनि भएको बताउनुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नवनिर्मित धरहरा अब कहिल्यै ढल्दैन । अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’ प्रधानमन्त्री ओलीले आजको खुशियालीमा काठमाडौंवासीलाई घरघरमा दिपावली गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले धरहरा चढ्दा पेरिसको आईफिल टावर चढेको जस्तो अनुभव भएको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले जस्तोसुकै गर्मीमा पनि बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर