अनेरास्ववियुको साधारण सदस्य समेत नरहनेगरी तीन नेतालाई कारबाही

अनेरास्ववियुको साधारण सदस्य समेत नरहनेगरी तीन नेतालाई कारबाही


२४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तीन जना निवर्तमान सचिवलाई कारबाही गरेको छ ।

निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष ऐन महरले जानकारी दिनुभएको छ ।

अनेरास्ववियुले आज एक विज्ञप्ति निकालेर सो जानकारी दिएको हो । संगठनको हितविपरित गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । माधव गुटमा लागेर संगठनको हितविपरित काम गरेको तीन नेतामाथि आरोप लगाइएको छ ।

माधव–झलनाथ समुह निकट अनेरास्ववियुको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव बनाएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर