
२२ चैत्र, काठमाण्डौँ । छिमेकी भारतमा पछिल्लो समय कोभिड १९ का संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन् ।
योसँगै भारत संसार भरकै दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो स्थानमा पुगेको छ ।
भारतिय संञ्चारमाध्यमका अनुसार शुक्रबार भारतमा ८९ हजार मानिसमा संक्रमण देखिएको थियो । यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन् ।
यसअघि गत अक्टुबरमा भारतमा दिनहुँ संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिन्थे ।
संक्रमित थपिएसँगै भारतमा मृतकको दैनिक संख्या पनि उकालो लागेको छ । शनिबार भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको छ । यो संख्या गत डिसेम्बर ४ यता सबैभन्दा धेरै हो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७