प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय

प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय


२१ चैत्र, काठमाण्डौँ । नेपाली कांग्रेसको शुक्रबार राति सानेपामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाले पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको हो ।
अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेसमेत कांग्रेसले निर्णय लिएको छ ।

बैठकको निर्णयपछि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिँदै आएको अलमल समाप्त भएको छ ।

अब कांग्रेसले ओली सरकारको विकल्प खोज्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर