नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर

नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर


१९ चैत्र, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर गरिदिएको छ ।

नेकपाको दर्ता खारेज गर्ने सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले गत मंगलबार रिट दायर गर्नुभएको थियो । सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो ।

तर अदालतले फाल्गुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वाेच्च अदालतले फाल्गुन २३ गते फैसला गरेको थियो ।

पुनरावलोकनका लागि अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वाेच्च अदालत पुग्नुभएको थियो ।

सर्वाेच्चले गत फाल्गुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अमान्य ठहर गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर