ओलीले मलाई घोक्र्याएर एमालेमा फर्काउन बाध्य बनायोः माधव नेपाल

ओलीले मलाई घोक्र्याएर एमालेमा फर्काउन बाध्य बनायोः माधव नेपाल


१४ चैत्र, काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर एमाले पार्टीमा फर्काइएको प्रतिकृया दिनुभएको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको दया र कृपा रहुञ्जेल ओली सरकार टिकिरहने नेता नेता नेपालको तर्क छ ।

आज काठमाडौंमा बृहत नागरिक आन्दोलनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको हो ।

नेकपा खारेज गर्ने सर्वाेच्च अदालतको फाल्गुन २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठ्यारो लागिरहेको बताउनुभयो ।

तर यसबाट आफू नडराउने पनि नेता नेपालले प्रष्टुयाउनुभयो । नेता नेपालले सर्वाेच्च अदालतले विचित्रको निर्णय गरेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीले अधिनायकवादी विचारधारा नबोक्ने भएकाले पार्टीभित्र कसैले अधिनायकवाद लाद्न खोजे त्यो नचल्ने उहाँले बताउनुभयो । उहाँले पार्टीभित्र विधि विधान, मूल्य मान्यता सबै मुल व्यक्तिबाट नै उल्लघंन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर