एमालेको नाममा माधव पक्षले छुट्टै गुट भेला गरे कारवाही गर्ने ओलीको चेतावनी

एमालेको नाममा माधव पक्षले छुट्टै गुट भेला गरे कारवाही गर्ने ओलीको चेतावनी


३ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताउनुभयो ।

पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने प्रविर्ती अव हुन नसक्ने उहाँले बताउनुभयो । ‘पार्टीमा हामी सबैले बिचारमा एकजुट भएर विधि पद्धतिमा रहेर काम गर्नुपर्छ । अब अनुसाशनहिन काम भयो भने पार्टीको निधान छ, कानुन छ,संविधान छ, संसद नियमावली छ,दलसम्बन्धी कानुन छ, यी सबैतिर म ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले भोली माधव नेपाल पक्षको हुन लागेको भेलाबारे बोल्दै त्यस्ता गुटगत भेला नगर्न, त्यस्ता भेलामा सरिक नहुन सचेत गराएको उल्लेख गर्नुभयो । अपराध गर्नेलाई स्वागत छ नभने पनि पार्टीमा आए काम गर्न दिने बताउनुभयो । उहाँले पहिलेको झै तमासा गर्ने, जग हँसाई गर्ने, मिडियालाई समाचार लेख्न काम पाउने अवस्था सिर्जना नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एउटा नयाँ परिस्थिति सुरु भएको बताउनुभयो । केही व्यक्तिले राष्ट्रिय राजनीति नै बिथोलेर एकता एकीकरणको अवस्थालाई अघि जान नदिएको गर्दै प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भएको दावी समेत गर्नुभयो ।

उहाँले संसदलाई निष्प्रभावी बनाउने चेष्टा भइरहेको दावी गर्दै संसदलाई जनताका समस्याका बारेमा छलफल गरेर समाधान दिने थलो बनाउनका लागि आग्रह गर्नुभयो ।

दलगत खिचातानीको थलो नभई देश र जनताको हितको बारेमा, विकास र निर्माणको बारेमा छलफल गर्ने, जनताका माग संवोधन गर्ने थलो बनाउन आग्रह गर्नुभयो । त्यसका लागि विगतदेखि नै प्रयास गरेको र गरिने प्रधानमन्त्रीले दावी गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर