ओली–नेपाल पक्षबीच भएको वार्ता निष्कविहिन

ओली–नेपाल पक्षबीच भएको वार्ता निष्कविहिन


२ चैत्र, काठमाण्डौँ । नेकपा एमालेको विवाद समाधान गर्ने प्रयासस्वरुप आज अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । एमाले मुख्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना अडान नछोडेपछि सहमति जुट्न नसकेको हो ।

तीन महिनाभन्दा लामो अन्तरालमा ओली र माधव आमनेसामने भएका हुन् । झण्डै तीन घण्टा चलेको छलफलमा तातोपानी पिउँदै दुई समुहबीच आन्तरिक राजनीतिका तातो गफ चलेको थियो । त्यस क्रममा दुवै नेताबीच नेकपामा रहँदा भएका विवादबारे पनि तिक्तता पोखापोख भएको थियो ।

पैष ५ गते प्रतिनिधिसभा विघटन भए यता एमालेका शीर्ष नेताबीच छलफल हुन सकेको थिएन ।

नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी विवादमा सर्वाेच्च फाल्गुन २३ गरेको फैसलाका कारण तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः स्थापित भएपछि एकिकृत पार्टी भित्रको विवाद नेकपा एमालेमा सरेको छ ।

फाल्गुन २८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको विशेष बैठक गरी पार्टीका नेताहरूको जिम्मेवारीमा हेरफेर र नेकपा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रिय कमिटीमा मनोनीत गरेपछि नेता नेपाल पक्षले समानान्तर गतिविधि गर्दै आइरहेको छ ।

आजको छलफलमा अध्यक्ष ओली र नेता नेपालले आ–आफ्नो अडान राख्नुभएको र नेताहरुबीच विभिन्न तहमा अनौपचारिक र औपचारिक छलफल गरी दुवै पक्षबीच सहमति खोज्ने सहमति भएको नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै माधव नेपाल पक्षका नेता भीम रावलले सर्वाेच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पूर्वको अवस्थामा फर्किएको फैसला गरेपछि यस बीचको समयलाई शून्य समय मानी पार्टीका सबै गतिविधिहरू सोही विन्दुबाट सुरु हुने र यस बीचमा भएका सबै निर्णयहरू स्वतः निष्क्रिय हुनुपर्ने अडान राखेको बताउनुभयो ।

आजको छलफलमा अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, सुभाष नेम्बाङ, प्रदीप ज्ञवाली, भीम रावल घनश्याम भुषाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया:

सम्बन्धित खवर