२६ फाल्गुन, काठमाण्डौँ । सत्तारूढ दल नेकपा (एमाले)का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीको नेतृत्वको सरकारलाई नै दुई वर्ष टिकाउने बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा नेता खनालले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
प्रतिनिधिसभाको पूरा कार्यकालभरि नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउने खनालको भनाई आएको हो । उहाँले यही सरकारलाई दुई वर्ष टिकाउनतिर आफुहरु लागेको र अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास सुरु गरेको बतायनुभयो ।
तर, यसबारेमा वरिष्ठ नेता माधव कुमार नेपालले भने कुनै प्रतिक्रिया दिनुभएको छैन ।