२६ फाल्गुन, काठमाण्डौँ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।
आजको बैठकमा शोक प्रस्ताव पारित गरेको थियो ।
बैठक सुरु भएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले शोक प्रस्ताव वाचन गर्नुभएको थियो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको हो ।
आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिएको थियो ।
त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठक बस्नुअघि नै संसद् भवन पुग्नुभएको थियो । तर, बैठक बस्न ढिला हुने थाहा पाएपछि केही बेर बसेर उहाँ बाहिरिनुभएको तियो ।