२६ फाल्गुन, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)बाट मन्त्री बनेकाहरु अब नेकपा (एमाले) मा समाहित हुने भएका छन् । सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तत्कालकै अवस्थामा पुगेको छ । दुई पार्टी अलग–अलग भएपछि माधव नेपाल, झलनाथ खनालहरु एमालेमै फर्किएका छन् । तर, माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु भने माओवादीमा नजाने बरु सांसद पद नै माया मारेर एमालेमै बस्ने निधोमा पुगेका छन् ।
उनीहरुको निश्कर्ष सुनेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ती नेताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिनेगरि आफूनिकट नेताहरुसँग छलफल गर्नुभएको छ । त्यस लगत्तै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट मन्त्री बनेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्टलगायतसँग छलफल गर्नुभएको थियो ।
ती मन्त्रीहरु पार्टीले कारबाही गरेपनि कुनै चिन्ता नहुने तर एमालेमै बस्न राजी भएपछि सम्माजनक रुपमा उहाँहरुलाई समाहित गर्ने ओलीले निर्णय गर्नुभएको स्रोतले बतायो ।
स्रोतकाअनुसार गृहमन्त्री थापालाई भने प्रधानमन्त्री ओलीले उपाध्यक्ष दिने तयारी गर्नुभएको छ ।
अरु नेताहरुलाई के जिम्मेवारी दिने भन्नेबारे अहिले टुँगो लागेको छैन् ।