२० फाल्गुन, सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै पाँच हजार पुर्याइने बताउनुभएको छ । उहाँले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक तीन हजार पुगेको उल्लेख गर्दै अब छिट्टै पाँच हजार पुर्याइने बताउनुभयो ।
आज सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भन्नुभयो–‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’
तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता पाँच हजार पुर्याइने उल्लेख गरेको थियो । तर, सरकार बनेको तीन वर्ष बितिसक्दा पनि पाँच हजार नपुर्याइएकोमा आलोचना भएको थियो ।-file photo.