म्यानमारको सैनिक ‘कू’ विरुद्ध प्रदर्शन चर्किदैं, एकै दिन ३८ जना मारिए

म्यानमारको सैनिक ‘कू’ विरुद्ध प्रदर्शन चर्किदैं, एकै दिन ३८ जना मारिए


२० फाल्गुन, काठमाण्डौँ । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् ।

सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ ।

सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघले म्यानमारमा एक महिना अघिको सैनिक कूपछि कै ‘सबैभन्दा हिंसात्मक दिन’ भनेको छ । म्यानमारका लागि राष्ट्रसंघका दूत क्रिस्टिन स्क्रानर बर्गनरले देशभरबाट स्तब्ध बनाउने भिडियोहरू प्राप्त भइरहेको बताए । प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर तथा वास्तविक गोली प्रहार गरेका थिए ।

गत फेब्रुअरी १ मा सेनाले शासन सत्तामा कब्जा जमाएपछि म्यानमारमा दैनिकरूपमा प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनकारीले सैनिक शासनको अन्त्यको माग गर्नुका साथै आङ सान सूचीसहित निर्वाचित नेताहरुलाई रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर