प्रधानमन्त्री ओलीद्धारा जाउलाखेलस्थित चिडियाखानाको अवलोकन

प्रधानमन्त्री ओलीद्धारा जाउलाखेलस्थित चिडियाखानाको अवलोकन


१९ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गर्नुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओली चिडियाखाना पुगी सबै जिवजन्तुको अवलोकन गर्नुभएको हो ।

आज चिडियाखानाको रजत जयन्ती तथा विश्ववन्यजन्तु दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी हुन उहाँ चिडियाखाना जानुभएको थियो । यस्तै आज विश्व वन्यजन्तु दिवस पनि हो । पत्नी राधिका शाक्यसहित चिडियाखाना पुग्नुभएका प्रधानमन्त्री ओली मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढ्नुभएको थियो ।

यसक्रममा प्रधानमन्त्री ओलीले प्रकृति र वन्यजन्तुको संरक्षण संवद्र्धनमा सबैले जोड दिनुपर्ने बताउनुयो । वन्यजन्तुको समेत मानवको सरह बाँच्न पाउने हक भएको हुँदा को वन्यजन्तुवास स्थानलाई खलल पर्ने गरी कुनै किसिमको गतिविधि गर्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको प्राकृतिक विविधताका कारण नेपाल विश्वमै चिनिएकाले प्राकृतिक सौन्दर्य र त्यससँग सम्वद्ध वनजंगल वन्यजन्तुको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चिडियाखानामा रहेको हात्तीलाई खानासमेत खुवाउनुभयो ।

प्रधानमन्त्री ओलीलाई वन तथा वातावरण मन्त्री प्रेम आले, मन्त्रालयका उच्चपदस्थ अधिकारी चिडियाखानाका अधिकारी तथा कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर