
१९ फाल्गुन, काठमाण्डौँ । ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपाल समूहले आफूहरुलाई कारबाही गर्नु भनेको डेरावालले घरबेटीलाई निकालेको घोषणा गर्नुजस्तै भएको प्रतिक्रिया दिनुभएको छ ।
नेकपा प्रचण्ड–नेपाल पक्षले ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई लगायतलाई कारबाही गर्ने निर्णय गरेपछि ओली समूहले भने कारबाहीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको हो ।
प्रमुख सचेतक भट्टराईले भन्नुभयो–‘कारबाहीको कुनै अर्थ छैन । डेरावालले घरबेटीलाई निकाल्नुको के अर्थ ? यसको कुनै अर्थ छैन । मुल पार्टी हामी नै हौं, यसको वैधानिकता छैन ।’ रातोपाटी




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७