सरकारसंग वार्ता गर्न विप्लव समूहले वार्ता टोली गठन गर्यो

सरकारसंग वार्ता गर्न विप्लव समूहले वार्ता टोली गठन गर्यो


१८ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

वार्टा टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने छन् । सरकारसँग वार्ताका लागि ८ फाल्गुनमा विप्लवले प्रेस वक्तव्यमार्फत वातावरण बनाउन आग्रह गरेका थिए । वार्ताको पहल भइरहँदा विप्लवको विज्ञप्ति आएको थियो ।

आज सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन भएको थियो । अब सरकार र विप्लव समूहबीच वार्ता हुने भएको छ ।

वार्ताका लागि विप्लव समूहले जेलमा रहेका नेता कार्यकर्ताको रिहा र मुद्दा फिर्ताको पहिलो सर्त सारेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर