१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै कडा आलोचना गर्नुभएको छ । आज पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ बीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
सर्वाेच्चले ओलीलाई हराईदिएको भए पनि झन बलियो भयौं भन्दै प्रचण्डले व्यङ्य गर्नुभएको छ । ‘अचम्म ! हारेपछि बलियो हुने अरे, त्यस्तो पनि हुन्छ कहीँ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर पूरै देशले भनिराखेको छ ।’ उहाँले भन्नुभयो–‘उहाँ त अब पार्टी सदस्य पनि हुनुहुन्न । संवैधानिक ढंगले, प्रतिगमनकारी हो । प्रधानमन्त्रीमा एक क्षणपनि बस्न लायक छैन् ।’
उहाँले पार्टीको आधिकारिक मान्यता पनि आफूहरुले नै पाउने दाबी गर्नुभयो । ‘पार्टी मान्यता हामीले पाईनै सक्यौं । सूर्य चिन्ह पाईसक्यौं । केपी नांगै भैसके ।’ प्रचण्डले भन्नुयो–‘मैले त संसद् पूनःस्थापना भएपनि उहाँलाई राजीनामा दिनुभयो भने, नेपाली जनताले माफ गर्नेछन भनेको थिएँ । तर, अहिले नैतिकताको खडेरी परेको देखियो ।’