राष्ट्रपति भण्डारीद्धारा फाल्गुन २३ गतेका लागि संसद अधिवेशन आह्वान

१७ फाल्गुन, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले सरकारको सिफारिसअनुसार सोमबार फाल्गुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको जानकारी दिनुभयो ।

केहीबेरमै राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानसम्बन्धी विज्ञप्ति जारी हुने उहाँको भनाइ छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270