अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

१६ फाल्गुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेर देखाउन चुनौती दिनुभएको छ । झापाको तिन स्थानिय तह (दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका)मा बन्ने औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले संसदबाट अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिनुभएको हो ।

देशमा अहिले विकासका कार्यले गति लिएका कारण आफ्नै पार्टी भित्रबाट अन्र्तघात भएको उहाँले बताउनुभयो । प्रचण्ड र माधव नेपाल पदलोलुप भएको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–‘बल्ल बल्ल पार्टी एकता गरेको विकाश, प्रगती र उन्नती देखेर पार्टी नै फुटाएर हिडे । ध्यान नै पदमा छ ? पद बाहेक केहीमा छैन । पद, पैसा र परिवार यि तिनवटा कुरा मात्र ध्यान छ ।’

प्रचण्ड र माधवले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजे पनि त्यसको प्रतिवाद गर्ने उहाँले बताउनुभयो । प्रचण्ड र माधव नेपालले देशलाई बर्बाद पार्न लागेको आरोप लगाउँदै आफू पनि यही देशमा रहेको नबिर्सन चेतावनी दिनुभयो । उहाँले भन्नुभयो–‘पहिलो पल्ट मैले प्रधानमन्त्रीबाट राजिनामा दिदै गर्दा त्यस बेला भनेको थिए, समय अन्त्य भएको छैन । यो एउटा प्रकृया हो र यो प्रकृयामा म पनि यही छु ।’

यसैगरी उहाँले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग चाँडै वार्ता गर्ने पनि बताउनुभयो । शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि छिट्टै वार्ताद्वारा समाधान गर्ने उहाँले बताउनुभयो ।

करिव २३ सय विगाहा क्षेत्रमा निर्माण हुने भनिएको चिन–नेपाल मैत्री पार्कको उहाँले शिलान्यास गर्नुभएको हो ।
त्यस्तै उहाँले आज नै मदन भण्डारी राजमार्गमा पर्ने करिव ३० वटा पुलको एकैसाथ शिलान्यास गर्नुभएको छ । आज नै उहाँले झापाको दमक र इलामको चुलाचुली जोड्ने करिव ३०० मिटर लामो रतुवा खोलाको पुलको समेत उद्घाटन गर्नुभएको छ ।

यसैगरी उहाँले दमक नगरपालिका र कमल गाउँपालिका आमबाडी जोड्ने करिव २५० मिटर लामो पक्कि पुलको उद्घाटन गर्नुभएको छ ।

झापामा बन्ने औद्योगिक पार्कको लागत करिव ६३ अर्ब रहेको छ । औद्योगिक पार्क निर्माणका लागि पहिलो चरणमा २ अर्ब बजेट रहेको सरकारले जनाएको छ । त्यस्तै दुई बर्षभित्र पार्क निर्माणले उल्लेख्य गति लिने र ४५ हजारले रोजगारी पाउने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । उहाँले ५ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने र १० वर्षमा दशौँ लाखले रोजगारी पाउने बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270