प्रमुख आयुक्त राईको उद्घोषः भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि हट्दिन !

प्रमुख आयुक्त राईको उद्घोषः भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि हट्दिन !

१६ फाल्गुन, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामभन्दा बढी प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

घट्टेकुलो समाजले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने बताउनुभयो ।

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने उद्घोष गर्नुभयो । यस्तै निर्दाेशलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउनेलाई पनि कारबाही गर्ने बताउनुभयो ।

आफ्नो कार्यकालमा अख्तियारले अहिलेसम्मकै उत्कृष्ट काम गरेर देखाउने पनि उहाँको प्रतिवद्धता छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270