नेपाललाई ‘अति कम विकसित’ राष्ट्रबाट ‘विकासशील’ राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस

नेपाललाई ‘अति कम विकसित’ राष्ट्रबाट ‘विकासशील’ राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस

१५ फाल्गुन, काठमाण्डौँ । संयुक्त राष्ट्र संघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ ।

राष्ट्र संघको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

सो समितिले हरेक तीन वर्षमा गर्ने समीक्षाका लागि बैठक यही वर्षको फेब्रुअरी २२ देखि २६ सम्म बसेको र सो बैठकमा नेपालले स्तरोन्नतिका लागि तोकिएका मापदण्ड पछिल्ला तीन समीक्षामा लगातार हासिल गरेको निष्कर्ष निकालेपछि नेपाललाई सन् २०२६ देखि लागु हुने गरी स्तरोन्नति गर्ने सिफारिस गरेको हो ।

राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार नेपालले दुई वटा मापदण्ड पुरा गरेर स्तरोन्नतिका लागि छानिएको हो । प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकाङ्कको तोकिएको मापदण्ड पार गरिसकेको छ ।

समितिले नेपालसहित बङ्गलादेश र लाओसलाई पनि स्तरोन्नति गर्न सिफारिस गरेको छ ।

संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त राष्ट्रसङ्घ आर्थिक तथा सामाजिक परिषद्बाट स्वीकृत हुनुपर्छ ।-रेडियो नेपाल

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270