१५ फाल्गुन, काठमाण्डौँ । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गर्नुभएको छ । आवश्यक परे संसदमा देखाउन तयार रहेको उहाँको भनाइ छ ।
आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा रहेको भनेर बाहिर हल्ला चलाएको दावि गर्नुभयो । तर ओली बहुमतमा रहेको उहाँले दावि गर्नुभयो ।
संसद पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उहाँले गरेको पनि उहाँले बताउनुभयो । फाल्गुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरिएको भन्दै उहाँले त्यसअघि नेकपा संसदीय दलको बैठक बस्ने जानकारी दिनुभयो ।
प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने उहाँले जनाउनुभयो । तर, पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।
प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाइ जनस्तरसम्म लिएर जान सफल भएको पनि उहाँको भनाई छ । संसद प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले जनाउनुभयो । उहाँले आफूहरुले प्रचण्ड र माधव कुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाउनुभयो । तर, चितवनको सभास्थल छोडेर काठमाडौं आएका दाहाल–नेपाल हस्याङफस्याङ गर्दै अर्काे पार्टीका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै उहाँले आलोचना गर्नुभयो ।