छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैनः रामचन्द्र पौडेल

छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैनः रामचन्द्र पौडेल


१३ फाल्गुन, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय नगर्ने बताउनुभएको छ ।

पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले संसदमा विषय आयो भने त्यहिँ कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने बताउनुभयो । पौडेलले भन्नुभयो, ‘छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैन । नेकपाको कुरा के हो ? उनीहरु विभाजन भएका हुन् कि होइनन् ? यसबारेमा प्रष्ट हुनुपर्छ । भोलि संसदमा विषय आयो भने हामीले निर्णय गर्ने हो ।’

पौडेलले आफैंले भंग गरेको प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा प्रधानमन्त्री कुन मुखले संसदमा जान्छन् ? भन्ने प्रश्न समेत गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर