केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्छः प्रधानमन्त्री ओली

केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्छः प्रधानमन्त्री ओली

१० फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका केही वर्षभित्र मेचीदेखि महाकालीसम्म रेल कुद्ने उद्घोष गर्नुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको र मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको समेत बताउनुभयो । उहाँले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त समेत व्यक्त गर्नुभयो ।

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धि बमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताउनुभयो ।

महाकाली सिञ्चाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैँदेखि सिन्चाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताउनुभयो । अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम बहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270