आम निर्वाचनका लागि तयारीमा लागौँः सुवास नेम्वाङ

६ फाल्गुन, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । इलाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेम्वाङले वैशाखमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।

नेता नेम्वाङले भन्नुभयो–‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो । सर्वाेच्च अदालतले यसबारेमा अन्तरमि आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने समेत उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270