६ फाल्गुन, काठमाण्डौँ । परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक संञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।
रोशनले दैलेखको कालीका मा.वि.बाट परीक्षा दिएका थिए । उनको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।
यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको जनाएको छ ।