४ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान नहुँदै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सरकारले आउदो वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।
तर, नेकपाको विवाद अझै पनि हल भएको छैन् । यस्तो अवस्थामा कसरी चुनाव होला ? भनेर चौतर्फी प्रश्न उठिरहेको छ ।
आयोग निकट उच्च स्रोतले जनाएअनुसार निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार भैसकेको छ । आयोगले दलहरुसँग सुझाव पनि लिने प्रक्रिया सुरु गरिसकेको छ । हालै नेताहरु आयोग कार्यालयमा पुगेर आ–आफ्ना धारणा राखेका थिए ।
नेकपा दाहाल–नेपाल समूहका नेता लिलामणि पोखरेले नेकपाको विवाद नै हल नगरी कसरी निर्वाचन हुन्छ ? भन्दै प्रश्न राख्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा बहस जारी छ ।