४ फाल्गुन, काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएकी सपना रोकालाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोका संगै शव जलाउने विनयजङ्ग बस्नेत रहेका छन् ।
विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले आज उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।
सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।