दैनिक चर्को लोडसेडिङ हुन थालेपछि महिलाहरु आक्रोशितः पोल उखेलेर फ्याँक्ने चेतावनी

दैनिक चर्को लोडसेडिङ हुन थालेपछि महिलाहरु आक्रोशितः पोल उखेलेर फ्याँक्ने चेतावनी

२७ माघ, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन÷चार पटक विद्युत भार कटौती हुन थालेपछि त्यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् ।

नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापर्वाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् । दिउँसो केही समय विद्युत आपूर्ति भए पनि साँझ ४ बजेदेखि विद्युत भार कटौती भएर राति १० बजेपछि मात्रै विद्युत आउने हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीसहित अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको भन्दै वडा नं ६ का महिला आक्रोशित भएका हुन् ।

विद्युत समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको सो वडाका महिला हंसकला रोकायाले बताउनुभयो । महिलाहरूले सोमबारसम्म विद्युत कार्यालयले भनेको समयमा आपूर्ति नगरे विद्युत लाइन कटौती गर्नुका साथै आफ्नो जग्गामा गाडिएका पोल सोही कार्यालयमा निवेदन दिएर उखेलेर फ्याँक्ने चेतावनी दिएका छन् ।

लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई चर्को विद्युत भार कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासी उमाकला रावतले गुनासो गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताउनुभयो । त्यहाँका स्थानीयवासीको माग सम्बोधन गर्ने तर विद्युत भार कटौतीको अन्त्य भने नहुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270