भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारलाई थप सबल बनाउनुपर्छः प्रधानमन्त्री ओली

भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारलाई थप सबल बनाउनुपर्छः प्रधानमन्त्री ओली

२८ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार कम गर्न राज्यका सबै निकायहरूको एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अख्तियारले भ्रष्टाचार विरुद्ध सूक्ष्म निगरानी बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई थप प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप प्रभावकारी बनाउन ऐन तर्जुमा गरी संसदमा दर्ता गरेको उल्लेख गर्दै आयोग गम्भीर उत्तरदायित्व भएको संस्थाको रुपमा अघि बढ्नु आवश्यक भएकोमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले गरेका सुधारका कामले सुशासन स्थापनामा सहयोग गरेको उल्लेख गर्दै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सबल बनाउन हर सम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले अख्तियारलाई आफ्नो जिम्मेवारी र कर्तव्य स्वच्छ तटस्थताका साथ निर्णय गरेर अघि बढ्दा सरकारको कुनै पनि हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगले ५ बर्षे रणनीतिक योजनासहित आयोगले भ्रष्टाचारका मुद्धाहरुको अनुसन्धानको काम अघि बढाएको उल्लेख गर्नुभयो ।

उहाँले विकास निर्माणका काममा लागत स्टिमेटमा तलमाथि गर्ने र मिलेमतो गर्ने जस्ता प्रवृत्तिलाई छानबिनको दायरामा ल्याउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले आयोगले राज्यको साधन र स्रोतको वाँडफाड अनुरूप वितरण भए नभएको सम्बन्धमा आयोगले सचेतका साथ हेरिरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अनुसन्धान र कर्मचारी प्रशासनमा उत्कृष्ट काम गर्ने विभिन्न कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गर्नु भएको थियो । रेडियो नेपाल

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270