प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय जादै

प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय जादै

२७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथमा उपस्थित हुनुहुँदै छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

प्रचण्ड–माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहनुभएका ओली जानुभएको थिएन् । उहाँ आज बिहान ११ बजे आयोगको कार्यालय जाने उहाँको सचिवालयले जनाएको छ ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन् । साथै उहाँले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर