अष्टलक्ष्मी शाक्य सहित दाहाल–नेपाल समूहका नेता कार्यकर्ता पक्राउ

अष्टलक्ष्मी शाक्य सहित दाहाल–नेपाल समूहका नेता कार्यकर्ता पक्राउ

२२ माघ, काठमाण्डौँ । दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई पनि कलंकीबाट पक्राउ गरेको छ । उनीसँगै अन्य नेता तथा कार्यकर्ताहरुलाई पनि प्रहरीले पकाउ गरेको छ ।

कलंकीबाट नेतृ शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता–कार्यकर्तासहित प्रहरी र सशस्त्रको समूहले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता–कार्यकर्ताहरु सडकमा आएकोबेला पक्राउ परेका हुन् ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर